पारिवारिक द्वन्द ‘दैलो’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

सुरेश उप्रेतीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘दैलो’ को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक मुल्य मान्यता, दाइजो र आमा-बुबाको छोरा-छोरीप्रतिको प्रेम ट्रेलरमा देखाउन खोजिएको छ ।

कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन रहेको छ । जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । चलचित्रको कथा निर्देशक उप्रेतीकै हो । चलचित्रमा समाबेश आइटम गीत केहि समय अघि नै सार्बजनिक भई सकेको छ ।