फागुन ४ बाट देश भर रंग लाग्दै


सेलीब्रेटी नेपाल माघ २९ गते-नायक सुमन सिंह अभिनित  चलचित्र रंग प्रदर्शनीको तयारीमा रहेको छ। रोशन ठकुरीको पहिलो निर्देशनमा बनेको उक्त चलचित्र रंग फागुन ४ गते एक साथ देशभर प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।अहिले प्रदर्शनमा आयका  कुनै नेपाली चलचित्र हरुले लगानी उठाउन सकिरहेका छैनन् गत हप्ता मात्र रिलिज भयको सुमन सिंह अभिनित शानले पनि कुनै शान देखाउन सकेन । चलचित्रमा सुमन सिंहक अलावा राजेश हमाल, करिष्मा मानन्धर, सुमिना घिमिरे, मुकेश आचार्य, दिपशिखा, मदन केसी साथै पोखरेली कलाकार विनोद वरालको अभिनय रहेको छ। सुमन सिंह अहिले सम्मको पृथक अभिनय रहेको उक्त चलचित्रमा दिनेश न्यौपानेको कथा, हरि हुमागाईको छायांकन आलोकश्री र एलिस कार्कीको संगित, शंकर महर्जनको द्धन्द्ध रहेको छ भने चलचित्रको प्रोडक्सन कन्ट्रोलरमा शंकर पाण्डे र विनोद वराल रहेका छन् ।