फागुन ४ बाट लफडा


सेलेब्रिटी नेपाल पौष १७-नारायण खतिवडाको निर्माण रहेको चलचित्र लफडा आगामी फागुन ४ गते देखि प्रदर्शन हुने भएको छ । निर्देशन किशोर चौधरीले गरेका छन्  चलचित्र लफडामा झरना थापा,मुकेश ढकाल र सुनिल थापाको मुख्य भुमिका रहेको छ । हालै प्राप्त अर्को जानकारी अनुसार लफडाको प्रदर्शन संगै खतिवडाले चलचित्र मिसकल र हनिमुन पनि निर्माण गर्ने वतायका छन । चलचित्र मिसकल मार्फत लामो समयदेखि सम्वन्ध विग्रीएको कलाकारहरु आर्यन सिग्देल र रेखा थापा संगै काम गर्ने सम्भावना पनि देखिएको छ । तर फाइनल भने भएको छैन । त्यस्तै गरेर हनिमुनको लागि भने नया कलाकार राखिने र कलाकार खोजी कार्य भैरहेको निर्माता खतिवडाले बताएका छन ।चलचित्र राम्रो नचली रहेको बेलामा पनि यसरि चलचित्र निर्माण मा लागिरहने निर्माता नारायण खतिवडाको को साहसलाई मान्नै पर्छ ।उनको पहिले चलचित्र भेटि सफल हुन सकेको थियन।