डी.आरको एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एल्बम बजारमा ल्याई विश्व कीर्तिमान कायम गर्ने डा. डीआर उपाध्यायका आज राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ‘अधुरो प्रेम’ उपन्यास र तीन गीति एल्बम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ सार्वजनिक गरिएको हो । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जोशीलाई ५१ हजारको राशी सहित सम्मान पनि गरिएको थियो ।

डा. डी आर उपाध्यायले यस अघि एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका थिए । डा. डीआरलाई आज पनि चार ओटा एभरेष्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ । आज उनले प्राप्त गरेका चार एभेरष्ट वल्र्ड रकेर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ ओटा शब्द र रा रि रु समावेस भएको गीतमा, नेपाली ३७५ लोकबाजा समावेस भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एल्बम जसमा विभिन्न ८ ताल समावेसको एल्वमको वल्र्ड रेकर्ड र एउटै गीतमा आठ विट समावेस गरी तयार परिएको गीतमा रहेका छन् । डा. डीआर उपाध्यायलाई एभरेष्ट वल्र्ड रकेर्डका मथुरा श्रेष्ठले वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका थिए ।