पत्रकार दिपेन्द्र ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित


सेलिब्रेटी नेपाल

काठमाडौं: नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा लामो समय देखि यसको उत्थानमा गरेको सहयोगको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजक विन्ध्यवासिनी फाउण्डेसन अध्यक्ष लिना रेग्मीले बताइन् । उनलाई नगद रु १५,००० सहित सम्मान पत्र प्रदान गरिएको हो ।

काठमाडौंमा शनिबार विन्ध्यवासिनी म्यूजीक तथा विन्ध्यवासिनी फाउण्डेसनको आयोजना रहेको विन्ध्यवासिनी म्यूजीक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा सम्मान कार्यक्रमका बिच पत्रकार श्रेष्ठलाई सम्मान गरिएको हो ।

सोही कार्यक्रममा वरिष्ठ गायक दिपक खरेललाई नगद रु ५०,००१ सहित विन्ध्यवासिनी संगीत साधना सम्मान २०७६ र संगीतकार तथा गायक हरी लम्साललाई नगद रु २५,००० सहित विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७६ बाट सम्मानित गरिएको थियो । विविध सांस्कृतिक तथा साङ्गितिक प्रस्तुतीहरु सहित आयोजना गरिएको कार्यक्रममा ‘विन्ध्यवासिनी म्यूजीक अवार्ड २०७६’का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको थियो । विन्ध्यवासिनी म्यूजीक अवार्डमा कुल ३१ विधा समावेश गरिएको छ ।