दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगे


सेलिब्रेटी नेपाल

एजेन्सी:अमेरिकन आइडलमा सुरुदेखि नै जज र फ्यानको मन जितिरहेका नेपाली युवा दिवेश पोखरेल शोको टप २० मा पुगेका छन् । स्टेज नाम आर्थर गनबाट चिनिने दिवेशको टप २० मा छनोट हुने प्रस्तुती हेर्न उनको पूरै परिवार पुगेका थिए ।

दिवेशलाई अबको यात्राको लागि उनको प्रस्तुतीसँगै सामाजिक संजालमा फलोअरको संख्या पनि चाहिन्छ । यसको लागि अमेरिकन आइडलले उनलाई एउटा फेसबुक पेज दिएको छ । यो पेजमा फलोअरको संख्याले उनलाई केही अंक प्राप्त हुनेछ र उनी अर्को राउण्डसम्म पुग्न सहयोग पुग्नेछ । दिवेशले आफ्नो फेसबुकमार्फत पेज लाइक गर्न तथा शेयर गरी आफन्त तथा साथीभाइलाई लाइक र शेयर गर्न अजनुरोध गरिदिन समेत आग्रह गरेका छन् ।