अमेरिकन आइडलमा नेपाली युवा दिवेश उप विजेता


सेलिब्रेटी नेपाल

एजेन्सी:नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा उपविजेता भएका छन्। दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् ।

पछिल्लो समय अमेरिकन आइडल नेपालीहरु माझ निकै चर्चामा रहेको थियो । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा एकपछि अर्को चरणमा प्रवेश गर्दै गएपछि उनको चर्चा नेपालीहरुबीच बनेको हो ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।