गीतकार ध्रुबकृष्णको एल्बम ‘भिडमा म एक्लै’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: गीतकार धुर्ब ताम्राकारको दोस्रो एकल एल्बम ‘भिडमा म एक्लै’ सार्बजनिक गरिएको छ। काभ्रे जिल्लाको सुन्दर नगरी पनौतीमा एक कार्यक्रमका बीच गीतकार ताम्राकारको एल्बम वरिष्ठ साहित्यकार बैरागी काँइला र चित्तरंजन नेपालीको हात बाट गरिएको हो। उक्त बिमोचन कार्यक्रम अक्षरमार्गको आयोजनामा सम्पन्न भएको हो। केहि वर्ष पहिले गीतकार ताम्राकारको ‘मनको बह’ नामक एल्बम सार्बजनिक भएको थियो । सार्बजनिक एल्बममा ६ वटा गीत समाबेश गरिएको छ।

एल्बमका सबै गीतमा बिक्रम सुवालको स्वर र संगीत रहेको छ। भीडमा म एक्लै,बाँचीरहें आज,त्यो घामले पोल्दैन थियो, जून तारा आकाशमा चम्किरहेको बेला, आँखाबाट आँसु, लौ न नी माया बोलका आधुनिक र पप शैलीका गीत समाबेश छन् । उक्त गीतको अडियो एल्बम सार्बजनिक गरिएको हो अब छिट्टै भिडियो पनि निर्माण गरेर सार्बजनिक गरिने गीतकार ताम्राकारले बताए । यस अघिको एल्बममा रहेका ६ वटा गीतको भिडियो पनि सार्बजनिक भई सकेको छ ।