यूट्युबमा आयो ‘चोर ट्याक्सी’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

सामाजिक जागरूकताका लागि निर्माण गरिएको लघु चलचित्र ‘चोर ट्याक्सी’ सेल्फी टिभी युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ । कतारमा रहेका नेपाली कलाकारहरुद्वारा अभिनित चलचित्रमा रोजगारीका लागि विदेश जाने नेपालीहरुको कथा समेटिएको छ ।

खाडी मुलुकमा कार्यरत नेपालीहरुको कथामा बनेको यो चलचित्रमा युवाहरुले जोसमा होस् नपुराउँदा एक गलत निर्णयले कसरी दुख भोग्न बाध्य हुन्छन् भन्ने देखाइएको छ । चलचित्रमा निर्देशक भविन्द्र तामाङ्गले वास्तविक जस्तै लाग्ने गरि उतार्ने कोशिस गरेको छन् ।

चलचित्रमा प्रकाश न्यौपाने, ज्ञानेन्द्र रसाइली, मुना गिरी, राजेन्द्र थापा, मिलन विश्वकर्मा, प्रदिप भुषाल र राजेन्द्र खड्काको अभिनय छ । सह-छायांकनमा राजेन्द्र थापा, सल्लाहकार ज्ञानेन्द्र रसाइली र सह-निर्देशकमा प्रदिप भुसाल रहेका छन् ।

निर्देशक तामाङ्गकै लगानीमा यो चलचित्र निर्माण भएको हो । करीब २ सय बढी म्यूजिक भिडियो र ‘न्यु जेनेरेसन’ नामक नेपाली चलचित्र निर्देशन गरिसकेका तामाङ्गको ‘चोर ट्याक्सी’ मा कथा, संवाद, छायांकन, सम्पादन र निर्देशन छ । लघु चलचित्रलाई सबै दर्शकहरुले मन पराउनेमा उनी आशावादी छन् ।