चलचित्रकर्मी चेतन कार्कीको निधन



काठमाडौँ। कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । ८४ वर्षीय कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको कलाकार मोहन निरौलाले जानकारी दिए । गत १६ गते देहरादूनबाट काठमाडाैं आएका उनलाई ज्वराे आए पछि अस्पताल भर्ना गरिएकाे थियो ।​ कार्कीको श्रीमती र २ छोरा छन्।

स्यांगजा जिल्लामा जन्मिएका कार्की साहित्यिक रचनाकर्मको शुरुवात र प्रकाशन स्कूले जीवनमा भारतको देहरादूनमा हिन्दीमा कविता लेखेर भएको थियो स्याङ्जाको वाँटरी गाउँमा जन्मेका उनलाई आफ्ना लाहुरे पिताले ४ वर्षको उमेरमै दाजुसँग देहरादून लगेर गोर्खा मिलिट्री स्कूलमा भर्ना गरिदिएका थिए । कार्कीका प्रकाशित उपन्यासहरुमा आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमून चर्चित छन् ।

कार्कीले भूमरी, पहिलो प्रेम, परिवर्तन, विश्वास लगातका चलचित्र निर्देशन गरेका थिए । यस्तै उनले लेखेका चलचित्रमा सिन्दूर, माया प्रिती, जीवनरेखा, कान्छी आदि थिए । नेपाली चलचित्र क्षेत्रमा करिब ५० चलचित्रमा चेतनले कथा, पटकथा, सम्वाद, निर्देशन, प्राविधिक सल्लाह तथा गीत लेखन कार्य गरेका छ्न ।