‘बटरफ्लाई’ शिर्ष गित सार्वजनिक ! प्रियंकाको लागि आर्यनको पिडा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पौष २८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’को शिर्ष गित सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा आर्यन अधिकारी र प्रियंका कार्की लाई फिचर गरिएको छ । यसअघि सार्वजानिक गीत र ट्रेलरबाट दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको चलचित्र निर्माण टिमले शिर्ष गीत रिलीज गरेको हो । स्याड भर्सनको सार्वजनिक शिर्ष गीतमा स्वर युवराज चौलागाईंको रहेको छ भने संगीत विकास चौधरीले गरेका छन् । सुरज लामिछानेको शब्द समावेश गीतको सार्वजनिक भिडियो निर्देशन कविराज गहतराजको रहेको छ । चलचित्रमा विकास चौधरी सँगै अर्जुन पोखरेल र दिपक शर्माको संगीत रहेको छ ।

सुरेश बज्राचार्यले खिचेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने सरोज शाह र मन्दिल श्रेष्ठ सह निर्माता रहेका छन् । ओमप्रतिक गुरुङको निर्देशनमा बनेको चलचित्र प्रेम कथामा बनेको छ । चलचित्रमा पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदीले लगानी गरेका छन् । चलचित्रमा आर्यन र प्रियंकाका अलावा अपर्ण थापा, पुरन थापा, सुष्मा कार्की, सुरविर पन्डित लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।