कंग्रेसबाट उर्मिला मातोंडकर लोकसभा चुनाब लड्दै


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउडमा ‘रंगीला गर्ल’को रुपमा आफूलाई चिनाउन सफल अभिनेत्री उर्मिला मातोडकर अब लोक सभा चुनाव लड्ने भएकी छन्। हालै कंग्रेसमा प्रवेश गरेकी उर्मिलाले मुम्बई (उत्तर) बाट टिकट पाएकी छन्। यस अघि मराठी अभिनेत्री आसावरी जोशी र शिल्पा शिंदेले पनि यसै स्थानबाट चुनाव लड्ने चाहना जनाएका थिए। कंग्रेसले उर्मिलालाई सक्षम ठहर गर्दै टिकट उपलब्ध गराएको हो। अब उनले सांसद बन्नका लागि वर्तमान सांसद गोपाल सेठ्ठीसँग चुनाव लड्नुपर्ने हुन्छ।

यो स्थान भारतीय जनता पार्टीको गढ मानिन्छ। यस्तोमा उर्मिलालाई चुनाव जित्न त्यति सजिलो छैन। हालै उर्मिलाले पार्टी अध्यक्ष राहुल गान्धीसँग चुनावमा सिट दिने सहमतिमा कंग्रेस प्रवेश गरेकी थिइन्।