सन्जय दत्तले अन्य कैदीसँग जेलमा बसेर आफ्नो फिल्म पुलिसगिरी हेर्न पाउने


sanjay-dutt-j
जेल जानु अघि सन्जय दत्तले दिन रात खटेर अभिनय गरेको फिल्म ‘पुलिसगिरी’ २१ असारबाट विश्वव्यापी रिलिज हुन लागेको छ। यो फिल्म रिलिज गर्नु अघि सन्जय दत्तकी पत्नी मान्यता दत्त र उनको परिवारलाई देखाईएको छ। जेल जानु अघि सन्जयले काम गरेको अन्तिम फिल्म पुलिसगिरी हो। यो फिल्ममा सन्जयसँग प्राची देसाई र प्रकाश राजको अभिनय रहेको छ। अभिनेता सन्जयदत्त पुनेको यरवाडा जेलमा अहिले बन्दी जिवन बिताईरहेका छन् । सो जेलमा बन्दीलाई महिनामा एक पटक हिन्दी फिल्म देखाईन्छ। यस पटक जेलमा सन्जयको फिल्म पुलिसगिरी देखाईने भएको छ। अन्य कैदीसँग सन्जयले जेलमा बसेर आफ्नो फिल्म पुलिसगिरी हेर्न पाउने भएका छन्।