बलिउड अभिनेता संजय दत्तद्धारा पत्रकार कुटिए


सेलिब्रेटी नेपाल काठमाडौँ
02sanjay-dutt
खबरअनुसार, संजय दत्त फिल्म युनिटको साथमा पछिल्लो केही समयदेखि आगरामा सुटिङ गरिरहेका छन् । यसै क्रममा ताजमहलदेखि केही टाढा ‘भीभीआईपी’ सडकमा फिल्मको एक दृश्य लिइरहेका थिए । जसका कारण सडकमा जाम पर्यो । यस जामका कारण देश तथा विदेशबाट ताजमहल हेर्न पुगेका पर्यटकहरुलाई सास्ती खेप्न परिरहेको थियो ।

यही घटनालाई कभर गर्न केही पत्रकार त्यहाँ पुगे । तब संजयको इशारा पाएपछि सुरक्षा गार्डहरुले मिडियाकर्मीमाथि हमला गर्न पुगे ।