वृद्ध महिलालाइ सलमानले दिए ५५ लाखको घर उपहार


सेलिब्रेटी नेपाल

एजेन्सी: भारतकी रानु मण्डल रेल स्टेशनमा गरीबीमा जीवन बिताई रहेकी थिइन्, अहिलेको उनको जीवनी फेरिएको छ। उनले भारतकी चर्चित गायिका लता मंगेश्करको एक गीत एक प्यारका नगमा है गाएकी थिइन् । यही गीतले उनको जीवनमा उज्यालो छाइदियो ।

रानूको उक्त गीतले दर्शकमा यस्तो जादु चलायो कि, सामाजिक सञ्जालमा उनको भिडियो ट्रेन्डिङमा आयो । उनलाई गायक हिमेशले गीत गाउने मौका दिए । अहिले खबर आएको छ कि, सलमान खानले ती बूढी महिलाको गीतबाट प्रभावित भएर आफ्नो आगामी फिल्म ‘दबंग ३’ मा मौका पनि दिने भएका छन् । त्यति मात्र होइन, सलमान खानले रानूलाई मुम्बईमा ५५ लाखको घर पनि गिफ्ट गरेका छन् । भारतीय मिडियामा यो खबर छाए पनि यसको आधिकारिक जानकारी भने आएको छैन ।

हिमेशले पनि रानूको गायनबाट प्रभावित भएर एउटा गीत गाएका थिए । हिमेशले रानूसँग गीत गाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका थिए । उक्त भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।रानूले सन् १९७२ मा रिलिज भएको फिल्म ‘शोर’ को गीत ‘एक प्यारका नगमा है’ गाएकी थिइन् । उक्त गीत गाएपछि एकाएक भाइरल बनिन् । उनको तुलना लता मंगेशकरसँग हुन थाल्यो ।

यसअघि रानू सोनी टिभीको एक रियालिटी शोमा पनि विशेष अतिथि बनेर पुगेकी थिइन् । रानू मुस्कुराउँदै भन्छिन्, ‘म रेल्वे स्टेशनमा यसकारण गाउँथे कि, मसँग बस्नका लागि घर थिएन, गीत गाएरै मैले आफ्नो पेट पाल्थेँ, कसैले बिस्कुट दिन्थ्यो, कसैले पैसा ।’