सलमान र ज्याकलिन चुनाबी प्रचारमा


(सेलिब्रेटि नेपाल)मुम्बई
बोलिउडमा सदाबहार उच्च पदमा रहेका अभिनेता सलमान खान यति बेला पुन चर्चामा रहेका छन् । फरक यति हो, यो बेला उनि कुनै चलचित्रको कामले चर्चामा आएका भने हैन । यती बेला सलमान श्रीलंकाको चुनाबी माहोलले गर्दा चर्चामा आएका हुन् । श्रीलंकाको कोलम्बो पुगेका सलमान श्रीलंकामा आगामी जनवरी १५ मा हुने राष्ट्रपतिय चुनाब प्रचार-प्रसारमा ब्यस्त छन् ।
salman
श्रीलंकाका वर्तमान रास्ट्रपति महिन्द्रा राजपाक्षे आगामी निर्बाचनमा पनि रास्ट्रपतिको लागि भिड्दै गरेकाले सलमान महिन्द्राको पक्षमा खुलेर भोट माग्ने अभियानमा लागि परेका छन् । यो अभियानमा सलमान मात्र समाबेस छैनन् । सलमानलाई साथ दिदै छिन् बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज । सलमान र ज्याकलिन बीच प्रेम बसेको हल्ला सेलाउन नपाउदै उनिहरु एक साथ श्रीलंकामा देखा परेका छन् ।