सलमान र अक्षय कुमारको फिल्म भिड्दै

सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउडका चर्चित अभिनेताहरु सलमान खान र अक्षय कुमार । सन् २०२० को इदमा उनीहरुले एकदिनै फिल्म रिलिज गर्ने तयारी गरेका छन् । मिडिया रिपोर्टका अनुसार सलमान खानको फिल्म राधे र अक्षय कुमारको लक्ष्मी बम फिल्म एकसाथ रिलिज हुने भएका हुन् । यसले दुवैको बक्स अफिस कलेक्सनमा नराम्रो असर पार्ने बताइएको छ ।

उक्त दिन हलिउड फिल्म फास्ट एण्ड फ्युरियस ९ पनि रिलिज हुने भएको छ । यसले दुई बलिउड फिल्मको कमाईमा ठुलै धक्का हान्ने अनुमान गरिएको छ ।उक्त दिन फिल्म रिलिज गर्ने कि नगर्ने फिल्म निर्माण टिम दोधारमा रहेको बताइएको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३