ऋषि कपुरको अन्त्येष्टिमा को को सहभागी भए ?

सेलिब्रेटी नेपाल

एजेन्सी: बिहीबार बिहान निधन भएका बलिउड अभिनेता ऋषि कुपुरको अन्त्येष्टि गरिएको छ । कपुरको मुम्बइस्थित श्मसानघाटमा अन्त्येष्टि गरिएको हो ।
६७ वर्षीय कपुरको बिहीबार बिहान निधन भएको थियो । बुधबार एक्कासि स्वास्थ्यमा गडबडी भएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरिएको भोलिपल्ट अर्थात बिहीबार बिहान उनको निधन भएको थियो । उनी क्यान्सर रोगसँग लड्दै आएका थिए । अन्त्येष्टि करिब २० जना सहभागी भएका थिए । त्यसमा परिवारका सदस्य र आफन्तहरुको सहभागिता रहेको थियो ।

उनको शवयात्रा कलाकारहरु नितु कपुर, रणबीर कपुर, सैफ अलि खान, करिना कपुर खान, आलिया भट्ट र अभिषेक बच्चन पनि सहभागी भएका थिए । कपुरकी छोरी रिद्धीमा कपुर साहनी भने लकडाउनका कारण पिताको अन्त्येष्टिमा सहभागी हुन सकिनन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३