ऋतिक र टाइगरको ‘वार’ ले तीन दिनमा कमायो १०० करोड


सेलिब्रेटी नेपाल

एजेन्सी: ऋतिक रोशन र टाइगर शराफको जबरजस्त अभिनय रहेको फिल्म वारले तीन दिनमा नै १०० करोडभन्दा बढीको कमाई गर्न सफल भएको छ । अक्टोरबर २ मा रिलिज भएको फिल्म वारले एक दिनमा नै ५१ करोडको कमाई गर्न सफल भएको थियो। पहिलो दिनमा नै यति ठुलो रकम कमाएको यस फिल्मलाई समिक्षकहरुले पाँचमा चार स्टार नै दिएका छन् । यशराज व्यानरले निर्माण गरेको यस फिल्मको निर्देशक सिद्धार्थ आनन्द हुन् ।