ऋण तिर्न नसक्दा राजपाल यादवलाइ जेल सजाय


सेलिब्रेटी नेपाल

बलिउड अभिनेता राजपाल यादवलाई दिल्लीको सर्वोच्च अदालतले ३ महिनाको जेल सजाय सुनाएको छ । ‘चुप चुपके, भुलभुलैया, गरम मसाला, फिर हेरा फेरी, जुुडवा २’ लगायत अन्य थुप्रै चलचित्रमा अभिनय गरेका अभिनेता यादवले सन् २०१० मा एउटा व्यक्तिबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको पाँच वर्ष पछि सन् २०१५ मा उनले ऋण दिने व्यक्तिलाई पैसा फिर्ता गर्न चेक दिएका थिए । तर उक्त चेक बैङ्कमा जम्मा गराउदा बाउन्स भएको थियो । यादवले ऋण नतिरे पछि ऋण दिने व्यक्तिले अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

त्यसपछि ती व्यक्तिले राजपाललाई वकिलको सहायतामा सूचना पनि पठाएका थिए । अदालतले तोके बमोजिम राजपाल यादवले १० करोड ४० लाख रुपैयाँ फिर्ता दिनुपर्ने सम्झौता भएको थियो । उक्त रकम तोकिएको समयमा यादवले तिर्न नसकेपछि उनलाई ३ महिनाको जेल सजाय सुनाइएको हो ।