प्रभासको फिल्म आदिपुरुषले तोड्ने भो बाहुबलीको रेकर्ड



एजेन्सी। प्रभास स्टारर फिल्म आदिपुरुष अहिलेको बहुप्रतिक्षित फिल्म हो । आदिपुरुषमा प्रभासलाई भगवान रामको रुपमा देखिनेछ । रावणको भूमिकामा सैफ अली खान, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सनी सिंह हुनेछन् ।

ओम राउतको निर्देशनमा बन्ने यो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै बजेटमा बन्ने भारतीय फिल्म हुने बताइएको छ । यसबाहेक यो फिल्म भारतीय सिनेमा इतिहासमै सबेभन्दा धेरै भिज्युअल इफेक्ट (भिएफएक्स) प्रयोग गरिएको फिल्म हुनेछ ।

पिंकभिलाको रिपोर्टअनुसार आदिपुरुषमा करिब ८ हजार भिएफएक्स प्रयोग गरिनेछ । यो यसअघि एसएस राजमौलीको निर्देशनमा बनेको प्रभासकै फिल्म बाहुबली २ द कन्क्लुजनको भन्दा ३ गुणा बढी हो । बाहुबलीमा २ हजार ५ सय भिएफएक्स सट प्रयोग गरिएका थिए ।

आदिपुरुष हिन्दी तेलुगु, तमिल, मलायालम र कन्नड भाषामा रिलिज हुनेछ । टिसिरिजको ब्यानरमा भूषण कुमार र किशन कुमारले निर्माण गरेको आदिपुरुषको निर्देशन ओम राउतले गरेका छन् । यो फिल्म २०२२ मा थिएटरमा रिलिज हुनेछ ।