हिरानीको फिल्ममा शाहरुख र काजोलको जोडी



एजेन्सी। बलिउड फिल्म ‘कुछ–कुछ होता है’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘माइ नेम इज खान’ र ‘दिलवाले’ जस्ता फिल्ममा रोमान्स गरेका अभिनेता शाहरुख खान र अभिनेत्री काजोल बलिउडको रुचाइएको जोडीमा पर्दछन् ।

अब यो जोडी चाँडै नै निर्देशक तथा निर्माता राजकुमार हिरानीको फिल्ममा आफ्नो रोमान्टिक छापलाई पुनः दर्शकमाझ देखाउदैछन् । राजकुमार आप्रवासी सम्बन्धी एक फिल्म बनाउदैछन् । जसमा शाहरुख खान आप्रवासीको प्रमुख भूमिकामा देखिनेछन् । जहाँ काजोल शाहरुखको पत्नीको भूमिकामा हुनेछिन् । फिल्ममा उनीहरुबाहेक अन्य चर्चित अनुहार पनि हुनेछन् ।

आई फ्री प्रेस जर्नलका अनुसार हिरानीको नयाँ फिल्म सामाजिक कमेडीमा आधारित हुनेछ । फिल्मले परिवारसँग पञ्जाबबाट क्यानाडा यात्रामा निस्किएको एक आप्रवासीको कथा देखाउनेछ । फिल्म राजकुमार हिरानी र शाहरुखको रेड चिल्ली प्रोडक्सनले निर्माण गर्दैछन् । फिल्मको सुटिङ सन् २०२२ को अप्रिलसम्म सुरु हुनेछ ।