दीपिका, सारा, श्रद्धा समेत मुछिए ड्रग्स केसमा



एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको प्रसंगपछि ड्रग्स कलेक्सनमा बलिउडका थुप्रै ठूलो नाम सार्वजनिक भएका छन् । यसैबीच, दीपिका पादुकोण, सारा अली खान, रकुल प्रीत सिंह तथा श्रद्धा कपूर जस्ता स्टारहरुलाई वयानका लागि पत्र पठाएको छ । उनी सात जनालाई एनसीबीले पत्र पठाएको हो ।

एनसीबीका अनुसार २५ सेप्टेम्बर अर्थात यही शुक्रवार दीपिका पादुकोणसंग सोधपूछ हुनेछ । सारा अली खान तथा श्रद्धा कपूरसंग २६ सेप्टेम्बर अर्थात शनिवार सोधपूछका लागि बोलाइएको छ । रकुल प्रीत तथा सिमोन खंबाटालाई भोलि बिहिबार नै बोलाइएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार यी स्टारहरु विरुद्ध ड्रग्स मगाएको प्रमाण भेटिएको छ, जसको सम्बन्धमा सोधपूछ गरिने छ । अहिलेसम्म उक्त प्रकरणमा १८ जना मानिसहरुको गिरफ्तारी भैसकेको छ । एनसीबीको तर्फबाट हाल सात जनालाई पत्र पठाइएको छ । एक समाचारमा जनाए अनुसार दीपिका समेत जसको नाम ड्रग्स कनेक्शनमा सार्वजनिक भएको छ उनीहरुलाई एनसीबीले सोधपूछका लागि पत्र पठाइरहेको छ ।उनीहरुसंग तीन–चार दिन भित्र सोधपूछका लागि बोलाउन सकिने छ ।

दीपिका पादुकोणको च्याटमार्फत के खुलासा भएको थियो भने उनले कसैसंग ड्रग्स मागिरहेकी थिइन् । क्वान कम्पनिमा काम गर्ने करिश्मासंग उनी कुरा गरिरहेकी थिइन् । पछिल्लो जानकारीका अनुसार दीपिका अहिले गोवामा छिन् । उनको जोसंग च्याट भैरहेको थियो, उनी अर्थात करिश्मा पनि एउटा सुटिङको क्रममा गोवामै छिन् ।करिश्मालाई एनसीबीले सोधपूछका लागि बोलाएको छ, जसले बिरामीको बहाना बनाइन् ।त्यसपछि करिश्मालाई पनि पत्र पठाइएको छ ।अभिनेत्री सारा अली खान पनि आफ्नी आमा अमृता सिंहसंग गोवाको घरमा छिन् ।

साराको नाम रिया चक्रवर्तीले सबैभन्दा पहिला लिएकी थिइन् । एनसीबीको सूत्रहरुका अनुसार सबै विरुद्ध प्रमाण तयार पारिएको छ । थुप्रै मानिसहरुको वयान दर्ता गरिसकिएको छ । रिया चक्रवर्तीको वयान पनि यो प्रकरणमा दर्ता भैसकेको छ । त्यसपछि लगातार प्रमाणहरु संकलन गरिएका छन् । एनसीबीले यी स्टारहरुका विरुद्ध प्रमाण जुटाउनुभन्दा अघि थुप्रै ड्रग्स तस्करहरुसंग सोधपूछ गरिरहेको छ ।