‘दंगल’ दशककै ब्लकबस्टर फिल्म


सेलिब्रेटी नेपाल

एजेन्सी: याहु इण्डियाले एक दशकका फिल्महरुको समिक्षा गरेको सुची सार्वजनिक गरेको छ । उक्त सुची अनुसार आमिर खानको फिल्म दंगल एक दशककै सबैभन्दा हिट फिल्म रहेको छ । सन् २०१६ मा रिलिज भएको यस फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गर्न सफल भएको थियो ।

रेस्लरको रियल लाइफमा आधारित यस फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका थिए । यसै सुचीको दोस्रो स्थानमा सलमान खानको बजरंगी भाइजन रहेको छ । कबिर खानले निर्देशन गरेको यस फिल्ममा हर्साली मलोहत्रा, करिना कपुरको प्रमुख भुमिका रहेको थियो ।