‘टु पोइन्ट जिरो’ बलिउडकै दोस्रो ठूलो फिल्म बन्न सफल हालसम्म कति कमायो ?


सेलिब्रेटी नेपाल
एजेन्सी : रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म ‘टु पोइन्ट जिरो’ ले थुप्रै ब्यापारिक रेकर्डहरु तोडिको छ । फिल्म रिजिल भएको दश दिन भएको छ र यो दश दिनमा फिल्मले धेरैवटा रेकर्ड कायम गरिसकेको छ ।

बक्स अफिसको अनुसार फिल्म टु पोइन्ट जिरोले शनिबार आफ्नो दशौं दिनमा हिन्दी भर्जनबाट नै-नौ करोड २५ लाख भारतीय रुपयाँको कमाई गरिसकेको छ । फिल्मको कलेक्शनमा शुक्रबारको तुलनामा शनिबार करिब ६० प्रतिशत वृद्धि भएको छ ।

संयुक्तमा यस फिल्मले अहिलेसम्म १५२ करोड २५ लाख भारतीय रुपयाँ कमाई गरेको छ । फिल्मले यूपी, बिहार र गुजरातमा राम्रो कमाई गरिरहेको छ ।

यससँगै टु पोइन्ट जिरो फिल्म अक्षय कुमारको पूरै करियरमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । ग्रस कमाईको मामिलामा यो फिल्म ‘बाहुबली द कन्क्लूजन’ पछि दोस्रो ठूलो फिल्म बन्न सफल भएको छ ।

त्यस्तै यो फिल्म वर्ल्डवाइड बक्स अफिसमा एक हप्तामा पाँचसय करोडभन्दा बढी कमाइ गरि सकेको छ । फिल्मको स्पेशल इफेक्ट्स र रजनीकान्त र अक्षय कुमारको फिल्मलाई निकै मन पराइएको छ ।