कुनै समय मागेर खान्थे बलिउडका चर्चित अभिनेता



कुनै पनि व्यक्तिको जीवन शुरुदेखि नै सुख सयल र सहज रुपमा चलेको हुन्छ भन्ने हुँदैन । धेरै जसो मानिसले जीवनमा कठिन समय पार गरेका हुन्छन् । यस्तै दुखद् समय पार गरेर अहिले सफलता पाइरहेका भारतीय अभिनेताको सूची पनि लामो रहेको छ ।

बलिउडका अभिनेताले मागेर जिविका चलाउथेँ भन्ने कुरा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । एक चर्चित अभिनेता भने मागेर नै घरपरिवार चलाउदै आएका थिए । उनै चर्चित अभिनेता हुन् राजकुमार राव । हाल ३५ वर्ष लागेका सामान्य परिवारमा जन्मिएका राजकुमारको संघर्षका कथा निकै लामो रहेको छ ।

कलाकारकारितामा सानै उमेरदेखि रुची भए पनि उनले अवसर पाएका थिएनन् । उनलाई आफ्नो खाने बस्ने खर्च नहुँदा उनी मागेर खान्थे । उनीहरु कहिले काँही साथीहरूसँग मागेर काम चलाउथे भने कहिले अरुसँग ।

एकदिन उनले पहिलो पटक अतुल मंगोलियाको फिल्म ‘लभ सेक्स और धोखा’बाट मूख्य भुमिकामा अभिनय गर्ने मौका पाए । त्यसपछि भने उनले पछाडी फर्केर हेर्नु परेन । उनले बलिउडमा राम्रै छाप बसाए ।