अमिताभ बच्चनले २१ सय किसानको ऋण तिरी दिए


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउड अभिनेता अमिताभ बच्चनले करिब २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । अमिताभले आफ्नो ब्लगमार्फत् यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘जुन वचन दिएको थिएँ, त्यो पूरा गरिएको छ । विहारका जुन किसानमाथि ऋण थियो तीमध्ये २१ सय किसानको ऋण तिरिएको छ । तीमध्ये केहीलाई जनक बंगलामा बोलाएर श्वेता र अभिषेकको हातबाट यो हस्तान्तरण गरिएको छ ।’

यसअघि अमिताभ बच्चनले लेखेका थिए, ‘जसले ऋण चुक्ता गर्न सकिरहेका छैनन् उनीहरुका लागि उपहार हो। यसपटक बिहारका किसान हुनेछन् ।’ अमिताभले यसअघि पनि किसानको मद्दत गरेका छन् । गत वर्ष अमिताभले उत्तर प्रदेशका लगभग एक हजारबढी किसानको ऋण तिरिदिएका थिए ।

अमिताभले आफ्नो ब्लगमा यो पनि लेखे, ‘अझै अर्को एउटा वचन पूरा गर्नु छ । पुलवामा हमलामा जुन बहादुरले देशका लागि ज्यान गुमाए उनीहरुको परिवार र श्रीमतीलाई आर्थिक रुपमा गर्नुछ, सच्चा शहीद ।’