आलिया भट्टसँग किन तर्किन थाले निर्माता ?



एजेन्सी। सुशान्त सिंह राजपूतको मृत्युपछि उनका प्रशंसकसहित थुप्रै मानिसहरु रिसले आगो भए र उनीहरुमध्ये धेरैको यो मान्यता छ कि सुशान्त नेपोटिजमका शिकार भएका छन् । ती मानिसहरु यस्ता व्यक्तिविरुद्ध उत्रिए जो आफ्ना पिताको नाममा फिल्म इन्डष्ट्रिमा आएका छन् । यीमध्ये एक आलिया भट्ट पनि छिन् ।

आलियासँग रिसाउनुको अर्को कारण यो पनि हो कि रिया चक्रवर्ती र आलियाका पिता महेश भट्ट एक अर्कालाई राम्रोसँग चिन्छन् र रिया लगातार महेश भट्टसँग सल्लाह लिइरहन्छिन् । यी दुईको ह्वाट्सएप च्याट पनि निकै भाइरल भइरहेको छ । यतिबेला रियामाथि विभिन्न नकारात्मक टिप्पणी भइरहेको छ । तसर्थ महेश भट्टको आगामी फिल्म ‘सडक २’ को ट्रेलरले युट्युबमा धेरै डिस्लाइक पाएको छ जसमा आलिया भट्ट मुख्य भूमिकामा छिन् ।

आलिया भट्ट पनि निशानामा छिन् र उनले पनि सोसल मिडियामा अत्यधिक नकारात्मक टिप्पणीको सामना गर्नु परिरहेको छ । भारतीय मिडियामा प्रकाशित सामाचार अनुसार उनलाई लिएर फिल्म बनाउने योजना बुनिरहेका निर्माता निर्देशक पनि अब आफ्नो निर्णयमाथि नयाँ ढङ्गले विचार गरिरहेका छन् ।

यो पनि पढ्नुस :‘सडक २’ को ट्रेलरलाई करोड भन्दा बढी डिस्लाइक

आमा बुवामार्फत् बलिउडमा प्रवेश भएका कलाकार र निर्देशकलाई आउट गर्ने कुरा लगातार उठिरहेका बेला करोडौं रकम जोखिममा नपार्न निर्माता निर्देशकले विचार गरिरहेको बताइएको छ । आलियाको ‘ब्रह्मास्त्र’ र ‘गंगूबाई काठियावाड’ रिलिज हुने तयारीमा छ । यसबाहेक ‘सडक २’ ओटीटी प्लेटफर्ममा २८ अगस्टमा रिलिज हुनेछ ।