अक्षय कुमारको ‘गोरखा’ फर्स्ट लुक सार्वजनिक



एजेन्सी। ‘अतरंगी’ र ‘रक्षा बन्धन’ पछि अक्षय कुमार र आनन्द एल रायको तेस्रो चलचित्र ‘गोरखा’ को फस्ट लुक पोस्टर रिलिज भएको छ । यो भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौ गोरखा राइफल्सका एक महान् अफिसर मेजर जनर इयान कार्डोजोको जीवनमा आधारित रहेको छ । चलचित्रको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पूरन सिंह चौहानले गर्नेछन् । इयान कार्डोजोले सन् १९६२, १९६५ र विशेष गरेर १९७१ को भारत–पाकिस्तान युद्धमा भाग लिएका थिए ।

दशैंको अवसरमा अक्षयले फस्ट लुक पोस्टर शेयर गरेका छन् । उनले लेखेका छन्, ‘कहिले–कहिले तपाईंको सामु यस्ता कथाहरु आउँछन् जो यति प्रेरणादायी हुन्छन् कि तपाईंं त्यसलाई बनाउन चाहनुहुन्छ । गोरखा – महान् युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित यस्तै एक फिल्म हो । एक आइकनको भूमिका निभाउन र यस विशेष चलचित्र प्रस्तुत गर्दा म सम्मानित महसुस गरिरहेको छु ।