अजय र काजोलको जोडी एकसाथ पर्दामा आउंदै

सेलिब्रेटी नेपाल

एजेन्सी: अजय देवगन र काजोल बलिउडमा लोकप्रिय जोडीमध्येका एक हुन्। यो जोडी अब एकैसाथ फिल्ममा देखिने भएका छन्। रोमान्टिक कमेडी फिल्ममा उनीहरू सँगै देखिने कुरा सार्बजनिक भएको छ। समाचारका अनुसार देवगन परिवार कम्पनीले फिल्मको कथालाई ध्यानमा राख्दै तीनवटा शीर्षक दर्ता गरेको छ। स्क्रिप्टमा भने अझै काम भइरहेको छ। प्यार तो होना हि था,इश्क,दिल क्या करे,गुण्डाराज,हलचल,दिल क्या करे लगायत यो जोडीले थुप्रै सफल चलचित्रमा काम गरि सकेका छन् ।

रिपोर्टका अनुसार, काजोलको जन्मदिनमा अजयसँग समय बिताउन भुज जाँदै गरेको बेलामा फिल्मबारे योजना बनेको हो। अहिले यसबारे दुवै जना केही बोल्न भने चाहँदैनन्। बलिउड सञ्चारमाध्यमका अनुसार फिल्मको कहानी एक परिपक्व जोडी र उनीहरूको रोमान्स आधारित हुनेछ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३