अभिनेत्री सुस्मिता सेन १५ वर्ष कान्छा माेडलसँगको अफेयरमा


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

पूर्व मिस यूनिभर्स तथा बलिउड अभिनेत्री सुस्मिता सेन यतिबेला अफेयरका कारण चर्चामा आएकी छिन् । सुस्मिता सेनको जीवनमा मोडल रोहमन शलले प्रवेश गरेका छन् । हालै यि दुवै भारतको आग्रामा रहेको ताज महल हेर्न सँगै गएका थिए । अभिनेत्री सुस्मिता सेन ४२ वर्षीया हुन् भने मोडल रोहमन शल मात्र २७ वर्षका हुन् ।

सुस्मिता सेनले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गदै लेखेकी छिन् ‘रोमान्स रिटर्न्स’ उक्त तस्बिर सार्वजनिक भएसँगै सबैले अब सुस्मिताले उनको प्रेम सम्बन्धलाई सार्वजनिक गर्न चाहेको बताइहेका छन् । यसअघि मुम्बई फेशन वीकमा अभिनेत्री सुस्मिता सेनले र्‍याम्प वाक गरिरहँदा दर्शकदीर्घामा बसेका रोहमन सुस्मिता सेनकी दुई छोरीहरुका साथ बसेर चियर गरिरहेका थिए ।

यसबाट उनी र सुस्मिताका छोरीबीचको सम्बन्ध पनि राम्रो रहेको प्रष्ट हुन्छ । यसबाहेक मिडियाहरुले कैयौं पटक एयरपोर्टमा सुस्मिता र रोहमन सँगसँगै भएको तस्बिरहरु लिएका थिए । सुस्मिता सेनको नाम यस अघि रणदिप हुड्डा, विक्रम भट्ट, मुदस्सर अजीज र ऋतिक भसीका साथ जोडिइसकेको छ ।