अभिषेककी पुर्व प्रेमीकाका कारण ऐश्वर्या तनावमा



एक समय थियो नायक अभिषेक बच्चन र नायिका रानी मुखर्जीले एक अर्कालाई औधी माया गर्थे । फिल्म ‘बन्टी और बव्ली’मा काम गर्दागर्दै दुवै प्रेममा परेका थिए । दुवैको प्रेम विवाहसम्म पनि पुगेको थियो ।

तर अचानक सम्बन्ध विवाहमा परिणत हुन नपाउदै दुवैको सम्बन्ध टुट्यो । विवाह किन भएन रहस्य कहिल्यै बाहिर आएन । त्यसपछि रानीले बच्चन परिवारसंगको सम्बन्ध तोडिन् र आदित्य चोपडासंग विहे गरिन् । यद्यपि अभिषेक र रानी दुवै आ -आफ्नो वैवाहिक जिवनमा खुसी छन् ।

यतिबेला ऐश्वर्याका पिताको निधन पछि उनलाई सान्त्वना दिन विभिन्न कलाकार तथा उनका साथीहरु बच्चन परिवारमा पुगे । जसमा रानी मुखर्जी पनि सहभागी थिइन् । एक्कासी रानीलाई आफ्नो परिवारमा सहभागी भएको देखेर ऐश्वर्याले आपत्ति जनाएकी थिइन् ।

भारतिय मिडियाका अनुसार बच्चन परिवारले रानीलाई विना जानकारी आफ्नो घरमा देखेर सबैले आपत्ति जनाए । रानीले ऐश्वर्यासंग पनि भेट गरिन् । खासमा उनी ऐश्वर्यालाई सान्त्वना दिन त्यहा पुगेकी थिइन् ।