विनिताको नयाँ चलचित्र सुपरहिट



सेली ब्रेटी नेपाल माघ ८ गते -चलचित्र नाम गुप् चुप राखेर छायांकन सके पछि नाम तथा पोस्टर र प्रोमो सार्बजनिक गरियको चलचित्र हो सुपरहिट चलचित्र कतिको सुपरहिट हुने हो त्यो पछि नै थाहा हुनेछ । पहिलो चलचित्र चपली हाइट बाट सफल बनेकी नायिका बिनिता बरालको मुख्य अभिनय रहेको चलचित्रमा उनिको मात्रै तस्बिर पोस्टरमा समाबेश गरियको छ । मुभी इन्फिनिटीले निर्माण गरेको यो चलचित्रलाई निरञ्जन पाण्डे र सौरभ ढकालले निर्देशन गरेका हुन् । सस्पेन्स थ्रील शैलीको उक्त चलचित्रमा बिनिता आरजेको भुमिकामा प्रस्तुत भएकी छिन् भने नयाँ अनुहारहरू दिव्यदेव पन्त, महेश त्रिपाठी, सुवास चत्कुल्लीको साथमा शिशिर राणा र मञ्जु श्रेष्ठको मुख्य अभिनय रहेको छ यस चलचित्रको कथा पनि विनिताले नै लेखेकी हुन ।