आमरण अनसन बसी आन्दोलन सुरु गरेका बिमल लाई पितृ शोक



सेलीब्रेटी नेपाल माघ १७ गते-हिजोदेखि चलचित्र बिकास बोर्डको परिसरमा पुन आमरण अनसन बसेका चलचित्र निर्देशक समाजका अध्यक्ष बिमल पौडेललाई पितृ शोक परेको छ ।पौष २ गते देखि चलचित्र बिकास बोर्डको परिसरमा बिमलले आमरण अनसन बसेर आन्दोलनको सुरुवात गरेका थिए । चलचित्रकर्मीहरुको मागलाई सरकारले कुनै चासो नदिएपछि हिजो देखि ६ जना चलचित्रकर्मी पुन आमरण अनसनमा बसेका हुन् ।
यही समयमा बिमलका पिता ओम बहादुर पौडेलको निधन भएको हो । मृगौलाको रोगबाट पीडित ओमबहादुरको ७१ वर्षको उमेरमा आज निधन भएको हो ।बिमललाई अनशन तोडाएर काजक्रियाका लागि चितवन पठाइयको छ । अन्य ५ जना चलचित्रकर्मीको आमरण अनशन भने जारी रहनेछ ।