निर्देशक समाजका अध्यक्ष बिमल पौडेल आमरण अनसन बसे



सेलेब्रिटी नेपाल पौष २-चलचित्र विकाश वोर्डमा रिक्त रहेको अध्यक्ष पद हाल सम्म पुर्ति नगरेको र चलचित्र क्षेत्रको भबिष्य अन्यौल रहेको भन्दै निर्देशक समाजका अध्यक्ष बिमल पौडेल चलचित्र विकाश वोर्डमा आमरण अनसनमा वसेका छन ।सुरुमा पांच वुदे माग सहित आमरण अनसनमा वसेका पौडेललाइ चलचित्रकर्मी र वोर्डकै कर्मचारीले पनि साथ जनाय पछि पाँच बुँदे माग सहितको आमरण अनसन बाट नौ वटा माग पुरयायका छन चलचित्र क्षेत्रका विभिन्न संघ सस्थाहरुवाट पनि अनसन लाइ समर्थन मिल्न थालेको छ । आफ्नो माग पुरा नभइन्जेल सम्म अनसन नतोडने दृढता पौडेलले व्यक्त गरेका छन् वोर्डका कर्मचारी,वोर्डकै सदस्यहरुवाटपनि हस्ताक्षर सहित समर्थन जनाएपछि विकाश वोर्डतिरको चहलपहल अलि वढेको छ चलचित्र कर्मीहरु पौडेललाइ साथ दिन विकाश वोर्डतिर लागेका छन ।यसैगरी बोर्ड सदस्य विकास आचार्यले पनि पौडेलले उठाएका मागलाई हस्ताक्षर सहित समर्थन जनाएका छन् ।

परिमार्जित सहितका नौ बुँदे मागहरु यस प्रकार छन् ।
१) चलचित्र बिकास बोर्डलाई स्वायत्त गर ।
२) चलचित्र बिकास बोर्डका अध्यक्ष तथा पदाधिकारीको नियुक्तिको बिषयमा चलचित्र क्षेत्रसंग प्रत्यक्ष संलग्नता रहेको ब्यक्ति अनिवार्य गर ।
३) श्रमजीवी चलचित्र ऐन तुरुन्त बनाई लागु गर ।
४) चलचित्र क्षेत्रको बिकास र विस्तारका लागि चलचित्र बिकास बोर्डले तयार पारी पेश गरेको ऐन तुरन्त पास गरी तत्काल लागु गर ।
५) स्वदेशी चलचित्रको प्रदर्शनलाई अग्रस्थानमा राखि विदेशी चलचित्र प्रदर्शनमा कोटा प्रणालीको नियम लागु गर ।
६) बक्स अफिसको केन्द्रिय संरचना निर्माण गरी तुरुन्त लागु गर ।
७) कुनैपनि स्वदेशी तथा विदेशी उत्पादनहरुको नेपालबाट प्रसारण तथा प्रचार हुने विभिन्न श्रब्य दृश्य तथा प्रचार सामग्रीको उत्पादन एवं प्रसारणमा नेपाली जनशक्ति अनिवार्य गर ।
८) केन्द्रिय चलचित्र जाँचपास (सेन्सर) समिति चलचित्रकर्मीको नेतृत्वमा गठन गर ।
९) केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) को आचारसहिता निर्माण गरी लागु गर ।