भाबुक र बबिनाको ‘मेरो देश मेरो संगीत’ सार्बजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ ।


एनसीएसजी ग्रुपको प्रस्तुतिमा बनेको ‘मेरो देश मेरो संगीत’ थिम सङ सार्बजनिक गरिएको छ । पछिल्लो समय आफ़ुलाइ गायनमा अब्बल बनाउदै लगी रहेका गायक केशब भाबुक र गायिका बबिना किरातीको स्वर रहेको छ । गोबिन्द आरएन को शब्द रचना रहेको गीतमा केशब भाबुकको संगीत रहेको छ । एनसीएसजी ग्रुपले आनलाइन मार्फत गीत गाउन सिकाउने गर्दछ । यो ग्रुपले संसार भर छरिएर रहेका नेपालीहरुलाई गीत संगीत सिकाउने र गाउने अवसर प्रदान गर्दै आइरहेको छ ।

गायक केशब भाबुकले दर्जनौं गीतमा स्वर दीइसकेका छन् भने पछिल्लो समय व्यस्त बन्दै गइ रहेका छन् । आधुनिक मेलोडियस तथा चलचित्रका गीतमा अलिक धेरै रुचि भएका भाबुक सबै किसिमको गीत संगीतमा आफुलाई अब्बल बनाउदै लगी रहेका छन् ।