बाउन्सर छायांकनमा


सेलीब्रेटी नेपाल माघ २६ गते-नेपाली चलचित्रको बजार ओरालो लागे पनि निर्माण कार्य धमा धम भई रहेको छ | यसै साता बाट काभ्रे फिल्म्स को ब्यानरमा चलचित्र बाउन्सरको सुटिंग प्रारम्भ भयको छ | चलचित्रका निर्देशन मदन घिमिरेले गरि रहेका छन् चलचित्रको निर्माण राम गिरि तथा बिरेन्द्र गिरीले संयुक्त रुपमा गरेका हुन्  |चलचित्रमा मौनता  श्रेष्ठको पटकथा, हिमाल के सी को द्वन्द,कृष्ण श्रेष्ठको छायांकन रहेको छ  | सायना चलचित्र बाट डेब्यु गरेका नायक प्रशान्त गिरि तथा हट नायिका सुस्मा कार्कीको जोडी देख्न सकिन्छ | रेस्टुरेन्टमा सुरक्षा गार्ड बाउन्सरको वरिपरी कथा घुमेको कुरा नायक प्रशान्त गिरीले सेलीब्रेटी नेपाल लाई बतायका छन् |