भरतमणीले जिते कमेडी च्याम्पियन सिजन २



काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् । प्रतिस्पर्धीहरु विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै भरतमणी पौडेलले उपाधि हात पारेका हुन्। सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित भए ।

जितसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ नगद जितेका छन् ।