कलाकार तथा सेनानी भीमबहादुर थापाको निधन


सेलिब्रेटी नेपाल काठमाडौँ

बरिष्ठ कलाकार तथा सेनानी भिमबहादुर थापाको निधन भएको छ । ९२ बर्षको उमेरमा गएराती २ बजे उनको निधन भएको हो । थापा लामो समयदेखि विभिन्न रोगका कारण पिडित थिए । उनी, हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि चर्चित बनेका थिए । उनी, निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत थिए ।

भिमबहादुर र दीपाश्रीले सिरियल ‘देवि’देखि नै काम गरेका थिए । उनले, थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका छन् । तर, पछिल्ला केही बर्षदेखि रोगले थलिएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए । थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ ।