कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । टिकाथली स्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनको बि एन्ड बि अस्पताल लैजादै गर्दा वाटोमै निधन भएको हो ।

वोगटीसँगै अर्का एक व्यक्ति पनि घाइते भएका थिए । यद्यपी उनी अहिले खतरामुक्त रहेको बताईएको छ । वोगटीले ३ वर्षअघि भएको चुनावमा भारती मतले विजयी भएका थिए । उनका प्रतिद्धन्द्धी लय संगौलाले १ सय ६०, विशाल विष्टले २० र रामकेशरले २ सय ३८ मत ल्याएका थिए । अस्पताल पुर्‍याएलगत्तै अस्पतालले उनको निधनको पुष्टि गरेको हो ।

२ वर्ष अगाडि चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित भएका बोगटी ‘स्वाभिमान’ र ‘माया गर ल’ चलचित्रका निर्माता समेत हुन् । उनले दर्जन बढी चलचित्र तथा टेलिसिरियलमा अभिनय गरेका छन् ।