सुनसरीकि प्रतिभा राठिको छोटो चलचित्रले जित्यो अन्तररास्ट्रिय अवार्ड


सेलिब्रेटी नेपाल

काठमाडौँ:सुनसरी ईनरुवाकी प्रतिभा राठिले बलिवुडमा बनाएको छोटो चलचित्रले जित्यो अन्तर्राष्ट्रिय अवार्ड । सुनसरी ईनरुवा घर भई दिल्लीमा मास कम्युनिकेसन मास्टर गरेकि प्रतिभा राठीद्वारा लिखित छोटो चलचित्र ‘स्पेसल डे’ले दशौ दादा सहाब फालके फिल्म फेस्टिबल २०२० जुरि अवार्ड सहित अन्य धेरै अवार्ड हात पार्न सफल भएको छ । उनले प्राप्त गरेको अवार्ड मा Tagore international film festival 2020 मा बेस्ट फिल्म अन वुम्यान र डेब्यु फिल्ममेकर अवार्ड , Cult Critic Award 2020 को विनर , New york Movie Award 2020 को फाईनलिस्ट , Couch Film festival 2020 को सेमि फाईनलिस्ट, विनर बेस्ट फिल्म अफ दि ईयर इन शर्टेड फिल्म फेस्टिबल लगायत यो चलचित्रले धेरै अन्तरास्ट्रिय चलचित्र महोत्सवमा सहभागी भई सकेको छ ।

आमा छोराको सम्बन्धको कथामा आधारित ११ मिनेट २१ सेकेन्ड लामो चलचित्र एकदमै मार्मिक बनेको छ । कलर टिभीबाट प्रशारण हुने खतरोके खिलाडि सिजन ८ को बिजेता सान्तनु महेश्वरी र बलिवुडकी चरित्र अभिनेत्री शिबा चड्डा को मुख्य भुमिका रहेको यस छोटो चलचित्र को निर्माता प्रशान्त सिंह र निर्देशन अजय शिवानीले गरेका हुन ।