अनमोल र सुहानी फिचर ‘ए मेरो हजुर ३’ फर्स्ट लुक पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ झरना थापाको निर्देशनमा बन्ने दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ फ्लोरमा गएको निर्देशक झरना थापाले जानकारी गराइन । चलचित्रको केही समय अगाडि पोखरामा शुभ मुहूर्त गरिएको थियो ।

‘ए मेरो हजुर ३’अभिनेता अनमोल केसी संग झरना थापाको छोरी सुहानी थापाको जोडी बनेको छ सार्बजनिक पोस्टरमा पनि अनमोल सुहानी फिचर छन् । चलचित्रमा सलोन बस्नेत,अर्पण थापा र रबिन्द्र झाको पनि मुख्य भूमिका रहनेछ। चलचित्रको केही दिन अगाडि पोखरामा मुहूर्त भएको थियो । मुहुर्त संगै अनमोल र सुहानाको केही दृश्य पनि खिचिएको थियो ।

सुनिल कुमार थापाको निर्माणमा बन्ने चलचित्रको प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ । यस चलचित्रबाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले डेब्यु गर्दैछिन् । यसअघि झरनाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ सुपरहिट भएको थियो । जुन चलचित्रमा अभिनेता सलिनमान बनियाँ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा थिए ।