नायिका उमाको चलचित्र ‘कहीं कतै’को पहिलो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

नायिका उमा गिरिको निर्माणमा बनेको चलचित्र ‘कहीं कतै’को पहिलो गीत सार्बजनिक गरिएको छ ।सचिन सिंह र सृजना सिजलको स्वरमा रहेको गीत अलिक फरक पनको रहेको छ । गौरव दर्पणको शब्द रचना रहेको गीतमा सचिन सिंहकै संगीत रहेको छ । उमा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र मार्फत नायिका सिवानी गिरि र सोनम बार्फुन्गाले डेब्यु गर्दै छन्। शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कहीं कतै’लाइ बाबु श्रेष्ठले छायांकन गरेका हुन् भने अर्जुन जी.सी.ले सम्पादन गरेका छन । कमल राइ र कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको प्रदर्शन मिति भने सार्बजनिक गरिएको छैन ।