अभिनेत्री एवं गायिकाको गोलि हानी हत्या


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

पाकिस्तानी अभिनेत्री एवं गायिका रेश्माको हत्या भएको छ । नलाई आफनै श्रीमानले गोली प्रहार गरी हत्या गरेका हुन् । पाकिस्तानमा केही समय अगाडी एक गर्भवती गायिकालाई बसेर गाएको भन्दै गोली हानी हत्या गरिएको थियो । उक्त चौतर्फी आलोचना भयो तथापी केही समयमा नै पुन अर्को घटना भएको हो । लामो समयदेखि बैवाहिक सम्बन्धमा समस्या आईरहेको र पारिवारिक कलहको कारण उनले रेश्माको हत्या गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

रेश्मा आफनो श्रीमानको चौथो श्रीमतीको रुपमा रहेकी थिईन । माईतमा बस्दै आएकी उनलाई बिदेशबाट आउने बित्तिकै श्रीमतीलाई लिन गएको तर श्रीमानसंग जान नमानेपछि उनलाई गोली हानेर हत्या गरेका थिए ।