प्रहरी हिरासतमा रहेकी आस्था राउत अस्पताल भर्ना

सेलिब्रेटी नेपाल

काठमाडौं:प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार आस्थालाई चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरिएको छ । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी थिइन् उनलाई ४ दिन अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति जिल्ला प्रशासन कार्यालयले दिएको थियो ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३