आलियाको दिदिको संघर्ष र डिप्रेसनबारे आलियाले मुख खोलिन


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

आफ्नो परिवार भनेपछि मरिहत्ते गर्ने बलिउड अभिनेत्रीमध्ये पर्छिन् आलिया भट्ट  । आफ्ना दिदीहरू पूजा र शाहिनसँग उनको उत्तिकै घनिष्ठ सम्बन्ध छ  ।
उनकी सहोदर दिदी शाहिनले केही वर्षअघि आफ्नो संघर्ष र डिप्रेसनबारे मुख खोलेकी थिइन् । उनले यति बेला त्यही अनुभवलाई पुस्तकाकारमा ल्याएकी छन्, ‘आई ह्याभ नेभर बिन (अन) ह्याप्पियर’।

शाहिनको संघर्षपछिको सफलतालाई देख्दा आलिया खुसी छिन् । उनले दिदीको पुस्तक पढेपछि प्रफुल्लित हुँदै युटयुबमा भिडियो अपलोड गरिन् । त्यसमा उनले उक्त पुस्तक मानसिक द्वन्द्वको सिकार भएका र डिप्रेसनमा गएका मान्छेप्रति लक्षित रहेको टिप्पणी गरेकी छन् ।