६ जना चलचित्रकर्मीहरु आजदेखि आमरण अनसन बस्ने



सेलीब्रेटी नेपाल माघ १६ गते -सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मरवैतालाई नियुक्त गरेपछि आक्रोशित बनेका चलचित्रकर्मीहरु मंगलबारदेखि आमरण अनसनमा बस्ने भएका छन् । दिउँसो १२ बजेदेखि विमल पौडेल, सुनिल थापा, हेमन्त बुढाथोकी लगायतका ६ जना चलचित्रकर्मी आमरण अनसनमा बस्ने तयारी भएको छ ।
बिभिन्न माग राख्दै आन्दोलनमा उत्रेका चलचित्रकर्मीहरु सरकारले बोर्डको अध्यक्षमा राजनीतिक नियुक्ति गरेपछि थप आन्दोलित बनेका हुन् । यसअघि रिले अनसनमा बस्दा माग पुरा नभएकाले सरकारलाई दबाब दिन उनीहरु आमरण अनसनका बस्न लागेका हुन ।
आमरण अनसन बस्नुअघि मंगलबार बिहान ११ बजे विकास बोर्डमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको आन्दोलनका अगुवा एवं चलचित्र निर्देशक समाजका अध्यक्ष विमल पौडेलले बताउनुभयो ।
आन्दोलनमा रहेका कलाकारहरुले चलचित्रको छायांकन, पोष्ट प्रोडक्सन लगायत सवै काम ठप्प पारेका छन् । उनीहरुले देशभरका चलचित्र हलमा चलचित्र प्रर्दशन रोक्न हल सञ्चालकलाई पनि आग्रह गरेका छन् ।