हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को निधन

पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए ।


काठमाडौँ । चर्चित हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन भएको छ। उनको अमेरिकाको बाल्टिमाेरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिए ।

पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । उनी टेलिफिल्म `चतुरेको दाउपेच´ बाट चर्चामा आएका थिए । थुप्रै टेलिफिल्म र फिल्महरूमा उनले काम गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.