उप्रेतीको ‘मेरो मुटुको पन्नामा’ भिडियो सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायक जि आर उप्रेतीको स्वरमा रहेको आधुनिक गीत ‘मेरो मुटुको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। उक्त भिडियो पिएनपि मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो गीतमा शब्द तथा संगीत पनि गायक जि आर उप्रेतीकै रहेको छ। गीतमा आफ्नो मुटुको पानामा प्रेमिकाको नाम लेखेको कुरा गायकले बताएका छन्।

यस भिडियोको निर्देशन मुक्ति उप्रेती र कृष्ण घिमिरेले गरेका हुन् । पवित्र घिमिरे र कृष्ण घिमिरेलाइ फिचर्ड गरिएको भिडियोमा प्रेमका भावहरुलाई प्रस्तुत गरिएकोछ ।