उजनको आँशु झर्दा हट मोडल सोनीका किन खुसि भइन् ?(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
sonica-rokaya
नेपाली सुगम संगीतमा अघि बढ्दै गरेका गायक उजन नेम्वांग चक्रको आवाजमा रहेको सुमधुर गीत मेरो आँशु झर्दा तिमि खुसि हुने भए को भिडियो सार्बजनीक गरिएको छ । तस्बिर एल्बममा समाबेश उक्त गीतलाइ शक्ति राज नेपालले लेखेका हुन् भने तारा प्रकाश लिम्बुले संगीत भरेका हुन् । पी.एन.पी.मिडियाको यु ट्युब च्यानल बाट सार्बजनिक गरिएको भिडियोलाई सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको हो । भिडियोमा हट मोडल सोनीका रोकाया,राहुल जेटली र बिश्वदिपको अभिनय रहेको छ । राम गौतमले निर्देशन गरेको भिडियोलाइ मछे नारायण श्रेष्ठ र सिसिआरले खिचेका हुन् । बिछोडमा रहेका प्रेमी प्रेमिकाको कथा लाइ भिडियोमा देखाउन खोजिएको छ ।